अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२१ | Colorodo: 12:36

ओलम्पिक खेल रद्द गर्न जापानी चिकित्सकहरुको आग्रह

बिआरटीनेपाल २०७८ जेठ ४ गते ७:५८ मा प्रकाशित

जापानका चिकित्सकहरुको एक समूहले जापानमा ६६ दिनपछि हुन गइरहेको ओलम्पिक खेल रद्द गर्न आग्रह गरेका छन् ।कोरोना भाइरसको बढ्दो आकार र गतिलाई मध्यनजर गर्दै चिकित्सकहरुले टोकियो–२०२० ओलम्पिक तत्कालका लागि स्थगन गर्न माग गरेका हुन् ।यसै पनि ढिला भइसकेको यस ओलम्पिक खेल रोक्न उनीहरुले अपील गरेको दि वासिंङ्गटन पोष्टले जनाएको छ ।

देशको स्वास्थ्य प्रणालीले हजारौं अन्तर्राष्ट्रिय खेलाडी, प्रशिक्षक र सञ्चारकर्मीहरुलाई सुरक्षित राख्न नसक्ने भन्दै उनीहरुले यसैले झन् धेरै कोरोनाको संक्रमण बढ्नसक्ने त्रास देखाएका छन् ।टोकियो मेडिकल प्राक्टिस्नर्र्स एशोसिएसनले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीसमक्ष ओलम्पिक खेल रोक्नका लागि आग्रह गर्न अधिकारीहरुसमक्ष अनुरोध गरेका हुन् । टोकियो अस्पताल पूर्ण रुपमा भरिएको र उनीहरुसँग अरु थप क्षमता नरहेको भन्दै उनीहरुले ओलम्पिक र पाराओलम्पिक रद्द गर्न भनेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू