अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५७ | Colorodo: 09:12

इजरायलको हवाई हमलामा ४२ प्यालेस्टाइनी मारिए

बिआरटीनेपाल २०७८ जेठ ३ गते ७:२७ मा प्रकाशित

इजराइलको हवाई हमलामा परि प्यलेस्टाइनको गाजा क्षेत्रमा एकै दिन ४२ जना मारिएका छन् । प्यालेस्टाइनी अधिकारीहरुका अनुसार इजरायलबाट भएको लगातारको हवाई हमला तथा गोलावारीमा परि हिजो १० बालकालिका र १६ महिलासमेत ४२ सर्वसाधारण मारिएका हुन् ।

इजराइल र प्यालेस्टाइनबीच विगत एक हप्तादेखि चलिरहेको युद्धमा हिजोको दिन सबैभन्दा रक्तपातपूर्ण भएको गाजाका अधिकारीहरुको दावी छ । यो एक साताको अवधिमा प्यालेस्टाईनी लडाकुहरुबाट ३ हजार भन्दा बढि साना रकेटहरु प्रहार भएको इजरायली सेनाले जनाएको छ । इजरायलको पछिल्लो आक्रमणमा परि ज्यान गुमाउने प्यालेस्टाईनीको संख्या १ सय ८८ पुगेको छ । जसमध्ये ५५ जना बालबालिका रहेका छन् भने ३३ जना महिला छन् । यो अवधिमा १२ सय भन्दा बढी घाइते भएका छन् ।

यसैबिच संयुक्त राष्ट्रसंघले मध्यपूर्वको हिंसा नरोकिने हो भने यो क्षेत्रमा नियन्त्रण गनै नसकिने क्षती पुग्ने बताएको छ ।राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले दुबै पक्षबाट भइरहेको हिंसा र आक्रमणहरु तत्काल बन्द गर्न अपिल समेत गर्नभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू