अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५८ | Colorodo: 17:13

ब्राजिलमा लागुऔषध तस्कर र प्रहरीबीच झडप- २५ जनाको ज्यान गयो

बिआरटीनेपाल २०७८ वैशाख २३ गते २२:०९ मा प्रकाशित

ब्राजिलमा लागुऔषध तस्करको गिरोह र प्रहरीबीच भएको झडपमा वरिष्ठ प्रहरी अधिकारीसहित २५ जनाको ज्यान गएको छ । रियो दि जेनेरियोमा लागुऔषध तस्करको गिरोहले बालबालिकालाई पनि भर्ना गरेर तस्करीमा लगाउँदै गरेको सूचनापछि प्रहरीले अप्रेसन थालेको थियो । अप्रेसनको शिलशिलामा तस्करहरुले प्रहरीमाथि अत्याधुनिक हतियार चलाएका थिए । प्रहरीको गोली लागेर र घरको छतबाट हाम फाल्ने क्रममा २० जनाभन्दा धेरै तस्करको ज्यान गएको बीबीसीले जनाएको छ । घटनामा एक वरिष्ठ प्रहरी अधिकारीको पनि ज्यान गएको खबरमा उल्लेख छ ।

पक्राउ परेका केही व्यक्तिबाट अत्याधुनिक हतियार र महत्त्वपूर्ण सूचना प्राप्त भएको प्रहरीले जनाएको छ । दुई पक्षको गोली हानाहानको बीचमा दुई वटा मेट्रो रेल पनि फसेका थिए, तर यात्रु भने सुरक्षित रहेका छन् । रियो दि जेनेरियोमा लागुऔषध, मानव बेचविखन र हत्या हिंसा मच्चाउने ठूलो गिरोह बस्दै आएको खबरमा उल्लेख छ । सन् २०१६ देखि प्रहरीले तस्करहरुविरुद्ध अप्रेसन चलाउँदै आए पनि अपराध नियन्त्रणमा आउन सकेको छैन

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू