अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३३ | Colorodo: 23:48

चीनले विदेश नीतिमा आक्रामक व्यबहार देखाएको अमेरिकाको आरोप

बिआरटीनेपाल २०७८ वैशाख २० गते ८:२८ मा प्रकाशित

चीनले विदेश नीतिमा आक्रामक व्यबहार देखाएको अमेरिकाले आरोप लगाएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले चीनले विदेश नीतिमा बढी आक्रामक व्यवहार गरेको र घरमा बढी दमनकारी व्यवहार गरेको आरोप लगाउनुभयो । उहाँले चीनलाई नियन्त्रणमा राख्न नचाहेको तर यसले नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्थालाई कमजोर पार्न नदिने बताउनुभयो विदेशमन्त्री ब्लिन्केनले चीनको रबैयाका कारण सैन्य मुठभेडको गम्भीर खतरा बढाएको पनि बताउनुभयो ।

चीन र अमेरिकाबीच व्यापार, जासूसी, बौद्धिक सम्पत्ती चोरी र महामारीको सम्बन्धमा तनाव छ । यता चीनले भने अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनलाई पूर्ववर्ती ट्रम्प प्रशासनको नेतृत्वमा बिग्रीएको सम्बन्ध सुधार गर्न बारम्बार आग्रह गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू