अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१७ | Colorodo: 19:32

भारतमा कोरोनाका कारण भयावह स्थिति सृजना

बिआरटीनेपाल २०७८ वैशाख १८ गते ७:५३ मा प्रकाशित

भारतमा कोरोनाका कारण भयावह स्थिति सृजना हुन थालेको छ । भारतमा कोरोनाको सङ्क्रमण र मृत्यु दर दैनिक रुपमा बढिरहेको मात्रै छैन, दैनिक रेकर्ड तोडिन थालेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा मात्र ४ लाखभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एकैदिन कुनै पनि देशमा एकै दिन यसरी ४ लाखभन्दा बढीलाई सङ्क्रमण देखिएको यो पहिलो पटक हो ।

भारतमा एक दिनमा ३ हजार ५ सय २३ जनाको सङ्क्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । भारतमा कोरोनाका कारण मृत्यु हुने २ लाख ११ हजार ८ सय ५३ पुगेको छ । भारतमा अहिलेसम्म १ करोड ९१ लाख ६४ हजारभन्दा बढीलाई सङ्क्रमण पुष्टि भएको छ भने करिब १ करोड ५६ लाख सङ्क्रमणमुक्त भएका छन् ।

भारतमा कोरोना सङ्क्रमणको अवस्था यति भयावह भएको छ कि, अस्पतालमा बेड छैन भने अक्सिजनको अभाब भएको छ । अस्पताल मात्तै होइन, भारतमा शव जलाउने स्थानको पनि अभाब भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू