अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४४ | Colorodo: 23:59

इन्डोनेसियामा फेरि लगियो चिनियाँ खोप

बिआरटीनेपाल २०७८ वैशाख १७ गते ९:०७ मा प्रकाशित

चिनियाँ औषधि निर्माता कम्पनीहरुले उत्पादन गरेका कोभिड–१९ विरुद्धका खोपहरु पुनः शुक्रबार इन्डोनेसिया आइपुगेको छ । सञ्चार मन्त्री जोनी प्लेटले शुक्रबार सिनोभ्याक बायोटेक लिमिटेडबाट उत्पादित ६० लाख तथा चाइना नेसनल फर्मास्यूटिकल ग्रुप (सिनोफार्म) ले उत्पादन गरेको ४ लाख ८२ हजार ४०० डोज खोप इन्डोनेसिया आइपुगेको जानकारी दिनुभयो ।

इन्डोनेसियाले हालसम्म सिनोभ्याकबाट कूल ६ करोड ५५ लाख डोज खोप प्राप्त गरिसकेको छ । साथै सिनोभ्याक, सिनोफार्म र कोभाक्स सुविधा मार्फत अस्ट्राजेनिकाको समेत गरी कूल ८४ लाख ४८ हजार डोज खोप पनि इन्डोनेसिया भित्रिसकेको छ । यसैबीच, सिनोफार्मले उत्पादन गरेको खोप स्थानीय भाषामा “गोटोङ रोयोङ” भनिने एकै समूहलाई लक्षित गरेर दिइने छ ।

इन्डोनेसियाको खाद्य तथा औषधि नियामक प्रशासन (बिपोम)ले सिनोफार्म खोपलाई हालैमात्र आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । बिपोमका प्रमुख पेन्नी लुकिटोले सिनोफार्मले विकास गरेको कोभिड विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिइएको शुक्रबार जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू