अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५७ | Colorodo: 19:12

‘सामाजिक सञ्जालमा अक्सिजन र शय्या माग गर्नेलाई कारबाही हुने छैन’– सर्वोच्व अदालत ( भारत)

बिआरटीनेपाल २०७८ वैशाख १७ गते ८:३३ मा प्रकाशित

भारतमा कोरोना भाइरसको स्थितिबारे सुनुवाई गर्दै त्यहाँको सर्वाेच्च अदालतले केन्द्र र दिल्ली सरकारलाई कडा निर्देशन दिएको छ । कुनै पनि राज्यले कोभिड–१९ सूचनाको प्रचारप्रसार रोक्न दबाब दिन नसक्ने सर्वाेच्च अदालतले जनाएको छ । नागरिकले आफ्नो गुनासा सामाजिक सञ्जालमा राख्न पाउने न्यायालयले जनाएको छ ।

न्यायाधीश डीभाई चन्द्रचूडले भन्नुभयो, ‘यदि नागरिकले सामाजिक सञ्जालमार्फत आफ्ना गुनासाका बारेमा बताउँछन् भने हामीले सूचनामा प्रतिबन्ध लगाउनु हुँदैन । यदि कुनै नागरिक शय्या (बेड) या अक्सिजन चाहन्छ र उसलाई समस्यामा पारिन्छ भने हामी अवहेलना मान्छौँ । हामी एक मानवीय सङ्कटमा छौँ ।’ न्यायाधीश चन्द्रचूडले डाक्टर र स्वास्थ्यकर्मीहरुले पनि शय्या नपाउनु एक विकट स्थिति भएको जनाउनुभएको छ । इन्टरनेटमा मानिसहरुले व्यक्त गरेका समस्या र अनुमान गलत हुन नसक्ने सर्वाेच्च अदालतले बताएको छ ।

भारतमा अहिले कोरोना सङ्क्रमणको दोस्रो लहर निकै तीव्र गतिमा फैलिइरहेको छ । सङ्क्रमितले अक्सिजन सिलिन्डर नपाएको, उपचारमा समस्या भएको र शवको अन्तिम संस्कारका लागि पनि घण्टौँ कुर्न परिरहेको त्यहाँका सञ्चारमाध्यमले जनाइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू