अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५९ | Colorodo: 15:14

इन्डोनेशियामा बाढीपहिरो – तीन जनाको मृत्यु, ९ जना बेपत्ता

बिआरटीनेपाल २०७८ वैशाख १७ गते ८:१६ मा प्रकाशित

इन्डोनेशियामा भारी वर्षापछि आएको बाढी पहिरोमा ३ जनाको मृत्यु भएको छ । ९ जना हराइरहेका छन् ।इन्डोनेशियाको सुमात्रा टापु नजिक गएको पहिरोका कारण दर्जनौं घर पुरिएका छन् । पहिरोमा हराइरहेकाहरूको खोजी जारी छ । बाढी प्रभावितहरूलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।

बाढीले नदी कटान गरी बस्तीमा प्रवेश गर्दा सयौं घरपरिवार विस्थापित भएका छन् । भारी वर्षा जारी रहेकाले थप क्षति हुन सक्ने भन्दै सर्वसाधारणलाई सचेत रहन सरकारले आग्रह गरेको छ । इन्डोनेशियामा यही महिनाको शुरुमा बाढी पहिरोमा परी २ सय बढीको मृत्यु भएको भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू