अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१८ | Colorodo: 19:33

कोरोना खोपका बारेमा भ्रामक कुरा हटाइ रहनेछौँ – ट्विटर

बिआरटीनेपाल २०७८ वैशाख १२ गते ८:३५ मा प्रकाशित

सामाजिक सञ्जाल प्लेटफर्म ट्विटरले कोरोना भाइरसको खोपसँग जोडिएका भ्रामक कुरा र गलत जानकारी हटाइरहने बताएको छ । ट्विटरका प्रवक्ताले आइतवार यसबारेमा जानकारी दिनुभएको हो ।

यसअघि मोइक्रोब्लगिंग वेबसाइट ट्विटरले भारत सरकारको आग्रहमा कोभिडसँग जुध्नका लागि सरकारी काम कारबाहीमाथि गरिएका केही पोस्ट हटाएको थियो ।

ट्विटरका प्रवक्ताले भन्नुभएको छ, ‘कोरोना खोपलाई लिएर बनावटी अफवाह, विवादास्पद दाबी र विना सन्दर्भ दिइएका अपूर्ण जानकारीलाई चेतावनीको ट्याग लगाउँछौँ। कोभिड खोपको बारेमा भ्रामक कुरा या गलत जानकारी फैलाउने ट्वीटलाई ट्विटरले आफ्नो प्लेटफर्मबाट हटाइ रहनेछ ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू