अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०२ | Colorodo: 12:17

बिना सर्त रिहाइको माग गर्दै रुसी विपक्षी नेता नवाल्नीका समर्थकहरुको विरोध प्रदर्शन

बिआरटीनेपाल २०७८ वैशाख ९ गते ८:३७ मा प्रकाशित

रुसी विपक्षी नेता अलेक्सी नवाल्नीका समर्थकले देशव्यापी रुपमा प्रदर्शन गरेका छन् ।केही समयअघिदेखि हिरासतमा रहेका नवाल्नीको स्वास्थ्य अवस्था गम्भीर भएपनि उपचार नभएको समाचार सार्वजनिक भएसँगै उनका समर्थकहरुले देशव्यापी रुपको विरोध प्रदर्शन गर्दै आएका छन् ।

रुसी राष्ट्रपति भ्लादिमीर पुटिनका कट्टर आलोचक नवाल्नीको स्वतन्त्रताको माग गर्दै हजारौं समर्थकहरु सडकमा ओर्लिएको अलजजिराले जनाएको छ । संयुक्त राष्ट्रसंघले पनि नवाल्नीको उचित उपचारको व्यवस्था नमिलाएको भन्दै सरकारको आलोचना गरेको छ ।

राष्ट्रसंघले नवाल्नीको मानवअधिकारको रक्षा रुसको ध्यानाकर्षण गराउँदै आएको छ । यता सरकारी अधिकारीहरुले नवाल्नीमाथि कुनै अमानवीय व्यवहार नगरेको स्पष्ट पारेका छन् । उनीहरुले कैदी बन्दीले पाउने सुविधासहित हिरासतमा राखिएको दावी गरेका छन् । यसअघि मार्च ३१ मा नवाल्नीले कारागारमै भोक हड्ताल सुरु गरेका थिए । हड्तालका कारण उनको स्वास्थ्य बिग्रँदै गएको चिकित्सकहरुले जनाएका छन् ।

कोरोना महामारी नियन्त्रणमा नआइसकेका बेला सर्वसाधारण सडकमा ओर्लिएको भन्दै सरकारले असन्तुष्टीसमेत जनाएको छ । सुरक्षा अधिकारीहरुले कतिपय प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिएको बताइएको छ । ४४ वर्षिय नवाल्नीलाई जर्मनीबाट फर्कने क्रममा गत जनवरीमा विमानस्थलबाटै पक्राउ गरिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू