अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४३ | Colorodo: 23:58

अमेरिकाद्धारा विश्वका ८० देशको यात्रा नगर्न आफ्ना नागरिकलाई आग्रह

बिआरटीनेपाल २०७८ वैशाख ७ गते ८:२४ मा प्रकाशित

अमेरिकाले कोरोनाभाइरस महामारीका कारण विश्वका ८० प्रतिशत देशको भ्रमण नगर्न आफ्ना नागरीकलाई आग्रह गरेको छ ।नयाँ यात्रा निर्देशिका जारी गर्दै अमेरिकाले यात्रुहरुलाई कोरोना माहामारीको जोखिम अत्यधिक रहेको भन्दै यस्तो आग्रह गरेको हो ।अमेरिकी सरकारकाले हालका लागि करिब ३४ देशमा यात्रा नगर्न आग्रह गरेको बीबीसीले जनाएको छ ।

कोरोना माहामारीका कारण विश्वमा हालसम्म ३० लाख भन्दा बढीको ज्यान गईसकेको छ ।त्यसको आधा संख्या अमेरीकीहरुको रहेको छ । यात्रा प्रतिबन्धको सुचिमा म्यानमार, अफगानिस्तान, रसिया, मोजाम्बिक, ब्राजिल लगायतका देशहरु परेका छन् ।

अमेरिकी विदेश विभागले कोरोना माहामारीको अवस्थालाई ध्यानमा राख्दै आवश्यक परेमा यात्रा प्रतिबन्धका लागि अरु देशहरु पनि थपिन सक्ने पनि जनाएको छ । सेन्टर फर डिजिज कन्ट्रोल फर प्रीभेन्सन सीडीसीले खोप लगाएकाहरूमा पनि जोखिम हुने भन्दै यात्रा नगर्न सुझाव दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू