अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५१ | Colorodo: 14:06

रुसद्वारा १० जना अमेरिकी कुटनीतिज्ञमाथि प्रतिबन्ध

बिआरटीनेपाल २०७८ वैशाख ४ गते ७:१३ मा प्रकाशित

रुसले १० जना अमेरिकी कुटनीतिज्ञमाथि प्रतिबन्ध लगाएको घोषणा गरेको छ । अमेरिकाले आफूमाथि लगाएको प्रतिबन्धको जवाफमा सो कदम चालेको रुसले जनाएको छ ।रुसी विदेशमन्त्री सेर्गो लाभ्रोभले मस्कोमा रहेका अमेरिकी कुटनीतिक अधिकारीहरुलाई प्रतिबन्ध लगाइएको बताएका हुन् । यस्तै अमेरिकी गैर सरकारी संस्थाहरुका गतिविधिलाई रुसको राजनीतिमा हस्तक्षेप गर्न रोक्ने बताइएको छ । दुई दिनअघि अमेरिकाले रुसमाथि प्रतिबन्ध लगाउने घोषणा गरेसँगै मस्कोले जवाफमा अमेरिकी कुटनीतिक अधिकारीहरुमाथि प्रतिबन्ध लगाएको जनाएको छ ।

आफूले रुससँग पुनः द्वन्द्व गर्न नचाहेपनि बाध्यकारी कदम चाल्नुपरेको अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका थिए । उक्त कदमको जवाफ चाँडै दिने रुसले चेतावनी दिएको थियो । राष्ट्रपति बाइडेनले रुससँग स्थिर सम्बन्ध कायम गर्नका लागि बाध्यकारी कदम चालिएको प्रतिक्रिया दिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

यसअघि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प निर्वाचित हुनुअघिदेखि नै रुस र अमेरिकाबीचको विवाद बाहिर आएको थियो । गत निर्वाचनमा पनि ट्रम्पको गलत अभिव्यक्तिप्रति साथ दिएको भन्दै रुसको कडा आलोचना भएको थियो । राष्ट्रपतीय निर्वाचनमा पनि रुसका ह्याकरहरुले अमेरिकाका महत्वपूर्ण तथ्यांकहरु चोरी गरेको आरोप लागेको थियो । तर ती आरोपको रुसले खण्डन गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू