अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१२ | Colorodo: 17:27

कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ३० लाख नाघ्यो

बिआरटीनेपाल २०७८ वैशाख ३ गते ८:३७ मा प्रकाशित

विश्वभर कोरोना भाइरस कोभिड १९ का कारण मृत्यु हुनेको सङ्ख्या ३० लाख नाघेको छ । आज सम्म विश्वभर कोरोनाका कारण ३० लाख २ हजार १ सय ५७ जनाको मृत्यु भएको छ । हाल सम्म कोरोनाका कारण १३ करोड ९८ लाख २ हजार मानिस सङ्क्रमित भएका छन् । हाल सम्म कोरोना भएर पनि ११ करोड ८८ लाख २७ हजार मानिसहरु उपचार पछि निको भएका छन् ।

कोरोनाका कारण सबैभन्दा धेरै अमेरिकामा मात्रै ५ लाख ७८ हजार ९ सयको मृत्यु भएको छ । अमेरिकामा हाल सम्म ३ करोड २२ लाख २४ हजार मानिस सङ्क्रमित भएका छन् । भारतमा हाल सम्म कोरोनाका कारण १ लाख ७४ हजार मानिसहरुको मृत्यु भएको छ भने १ करोड ४२ लाख ९१ ह्जार मानिस सङ्क्रमित भएका छन् ।

कोरोनाका कारण ब्राजिलमा ३ लाख ६५ हजारको मृत्यु भएको छ भने फ्रान्समा १ लाख भन्दा धेरैको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू