अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२४ | Colorodo: 16:39

भारतमा एकैदिन दुई लाख ७ सय ३९ जना सङ्क्रमित थपिए

बिआरटीनेपाल २०७८ वैशाख २ गते ८:२६ मा प्रकाशित

भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस कोभिड १९ बाट दुई लाख ७ सय ३९ जना सङ्क्रमित थपिएका छन् । यो अवधिमा भारतमा एक हजार ३८ जनाको कोरोनाबाट मृत्यु भएको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । योसँगै भारतमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ७३ हजार एक सय २३ पुगेको छ ।

कोरोनाबाट सङ्क्रमित हुनेको सङ्ख्या एक करोड ४० लाख ७४ हजार नाघेको छ । १४ लाख ७१ हजार ८ सय ७७ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ । एक करोड २४ लाख २९ हजार भन्दाबढी कोरोना जितेर घर फर्किएका छन् । कोरोना सङ्क्रमण बढेसँगै महाराष्ट्र, गुजरात तथा दिल्लीका अस्पतालहरुमा बिरामीको चाप बढेको छ ।

बिरामीको चाप बढेसँगै केही अस्पतालमा अक्सिजन तथा बेडको अभाव देखिन थालेको छ । सरकारले भने आफ्नो पूर्ण क्षमता अनुसारको अक्सिजन खरिद गरिरहेको र पछिल्ला दिनमा उत्पादन क्षमता पनि बढाइएको दाबी गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू