अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४५ | Colorodo: 23:00

म्यानमारमा गोली हानी नेपालीभाषी दम्पतिको हत्या

बिआरटीनेपाल २०७८ वैशाख १ गते ९:११ मा प्रकाशित

म्यान्मारका सुरक्षाकर्मीले चलाएको गोली लागी नेपाली भाषी दम्पतिको निधन भएको छ । मारिनेहरुमा नेपालीभाषी किसन गौतम र उनकी पत्नी हरिमाया रहेका छन् । उनीहरुको शव मंगलबार बिहान सडक किनारमा भेटिएको समाचार एजेन्सीहरुले जनाएका छन् ।

गोर्खा समुदायसँग आबद्ध उनीहरुले त्यहाँ गाइपालन व्यवसाय गर्दै आएका थिए । भारत सीमावर्ती म्यानमारको सहर तमुमा उनीहरुको हत्या भएको जनाइएको छ। मारिनुअघि उनीहरु कन्टेनरमा दुध भरेर बजारमा बिक्री गर्न लैजाने तयारी गर्दै थिए । उनीहरुका एक छोरी र दुई छोरा छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू