अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१५ | Colorodo: 03:30

चेल्सी र पीएसजी सेमिफाइनलमा

बिआरटीनेपाल २०७८ वैशाख १ गते ९:०७ मा प्रकाशित

इंग्लीश फुटबल क्लब चेल्सी र फ्रान्सको पेरिस सेन्ट जर्मेन (पिएसजी) युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।गएराति भएको क्वाटरफाइनल दोस्रो लेगको खेलमा पोर्चुगलको एफसी पोर्टोसँग १–० ले पराजित भएपनि समग्रमा २–१ को जित निकाल्दै चेल्सी सेमिफाइनलमा पुगेको हो । पहिलो लेगको खेलमा चेल्सीले पोर्टोलाई २–० ले हराएको थियो ।

गएराति नैं भएको अर्को खेलमा जर्मनीको बायर्न म्युनिखलाई स्तब्ध बनाउँदै फ्रान्सको पिएसजी पनि सेमिफाइनलमा उक्लियो । फ्रान्समा भएको दोस्रो लेगको खेल वायर्न म्युनिखले १–० ले जित्यो । पहिलो लेगमा पिएसजी ३–२ ले विजयी भएको अवस्थामा दोस्रो लेगपछि खेल ३–३ गोलको बराबरीमा पुग्यो ।

यसपछि अवे गोलको आधारमा पिएसजी सेमिफाइनलमा पुग्दा साविक विजेता बायर्न निराश हुनुप¥यो । च्याम्पियन्स लिगका बाँकी दुई क्वाटरफाइनल खेल आज राति हुनेछन् । आज जर्मनीको बोरुसीया डर्टमण्डले इंग्ल्याण्डको म्यान्चेस्टर सिटीसँग खेल्दा अर्को इंग्लीश क्लब लिभरपुलले स्पेनको रियाल मड्रिडसँग खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू