अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१२ | Colorodo: 16:27

इरानले नियन्त्रणमा लिएको दक्षिण कोरियाको जहाज फिर्ता

बिआरटीनेपाल २०७७ चैत २८ गते ८:३२ मा प्रकाशित

इरानले आफ्नो नियन्त्रणमा रहेको दक्षिण कोरियाको ट्यांकर फिर्ता पठाएको छ ।गत जनवरीमा इरानका इस्लामिक क्रान्तिकारी गार्डले नियन्त्रणमा लिएको दक्षिण कोरियाको झण्डासहितको तेल बोक्ने ट्यांकर फिर्ता पठाएको जनाएको छ ।चालक दलका १२ सदस्यसहित सो जहाज सुरक्षित रुपमा स्वदेश फिर्ता पठाइएको कोरियाली विदेश मन्त्रालयले जनाएको छ ।

इरान सरकारले उक्त जहाज नियन्त्रणमा लिएर अनुसन्धान पूरा भएपछि फिर्ता पठाइएको जनाएको छ ।यसअघि पनि इरानले पटक पटक जहाज नियन्त्रणमा लिएको थियो । अमेरिकाले सन् २०१८ मा इरानमाथि प्रतिबन्ध लगाएको थियो ।

त्यसलगत्तै इरानले विश्व शक्ति राष्ट्रहरुसँग गरेको आणविक सम्झौता एकतर्फी रुपमा भंग भएको घोषणा गरेको थियो । त्यसयता इरानले आणविक गतिविधि बढाएको भन्दै अमेरिकालगायत पश्चिमा मुलुकहरुले आलोचना गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू