अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३१ | Colorodo: 15:46

कोरोना नियन्त्रण मापदण्ड उल्लङ्घन गर्दा नर्वेकी प्रधानमन्त्रीले तिर्नुपर्यो जरिवाना

बिआरटीनेपाल २०७७ चैत २८ गते ८:२७ मा प्रकाशित

कोरोना नियन्त्रणको मापदण्ड उल्लङ्घन गरेको भन्दै नर्वेकी प्रधानमन्त्री इरना सलबर्गलाई जरिवाना तिराइएको छ ।कोरोना भाइरस नियन्त्रणको मापदण्ड अन्तर्गत सामाजिक दुरी कायम नगरेको र आफ्नो जन्मदिनमा पारिवारिक भेला गरेको भन्दै उहाँलाई जरिवाना तिराइएको पत्रिका ‘द गार्जियन’ले जनाएको छ । प्रधानमन्त्री सलबर्गलाई २० हजार क्रोनर अर्थात् दुई लाख ८० हजार नेपाली रुपैयाँ जरिवाना तिराइएको हो ।

नर्वेको सरकारले १० जनाभन्दा बढी मानिस भेला गर्न बन्देज गरेको अवस्थामा फेब्रुअरीको अन्तिममा उहाँले आफ्नो ६० औं जन्मदिनको उपलक्षमा १३ जना आफन्तलाई बोलाएर पार्टी गर्नुभएको थियो । त्यसपछि चौतर्फी विरोध भएपछि आफूले पार्टी गरेकोमा उहाँले पटक पटक माफी पनि माग्नुभएको छ ।

हिजो शुक्रबार उहाँले प्रहरीले तोकेअनुसार जरिवाना तिर्न आफू तयार भएको बताउनुभएको हो । ‘म अँझै पनि आफूले कोरोना भाइरस नियन्त्रणको मापदण्ड उल्लङ्घन गरेकोमा माफी चाहन्छु’, उहाँले भन्नुभयो, ‘म जरिवाना तिर्न तयार छु ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू