अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२५ | Colorodo: 23:40

बेलायतमा लकडाउन खुकुलो हुने

बिआरटीनेपाल २०७७ चैत २४ गते ९:३६ मा प्रकाशित

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले इंग्ल्याण्डमा लकडाउन थप खुकुलो बनाउने घोषणा गनुभएको छ । प्रधानमन्त्री जोनसनले आगामी हप्तादेखि पूर्व घोषित रोडम्याप अनुसार नै अत्यावश्यक बाहेकका पसल, जिम, हेयर ड्रेसर एवं पब तथा रेष्टुरेन्टहरु बाहिर सर्भ गर्ने गरि पुनः खुल्ला हुने जनाउनु भएको हो । स्पा, थिम पार्क, चिडियाखाना, पुस्तकालय, कम्युनिटी सेन्टर पनि खुल्नेछन् ।

उहाँले पूर्व घोषित ‘रोडम्याप’ मा हेरफेर हुने सम्भावना कम रहेको पनि बताउनुभयो । अप्रिल १२ पछि केयर होम बस्नेहरुले अतिरिक्त मानिस भेट्नका लागि बोलाउन सक्नेछन् । प्रधानमन्त्रीले आगामी १७ मेमा लकडाउन थप खुकुलो बनाउने क्रममा विदेश यात्रा सुरु हुन सक्ने आशा सरकारको रहेको पनि बताउनुभयो ।

तर, युरोपसहित अन्य देशमा कोरोना भाइरस संक्रमण बढिरहेकाले अन्तर्राष्ट्रिय यात्रा सुचारुको मिति अहिले नै तय गर्न भने धेरै हतार हुने उहाँको भनाइ छ । ग्लोवल ट्राभल टास्कफोर्सले यसैसाता लिजर ट्राभल कहिले सुरु गर्ने भन्नेबारे प्रतिवेदन पेश गर्ने बताइएको छ ।

वेलायतमा खोप वितरण सफलतापूर्वक भइरहेको जनाउँंदै प्रधानमन्त्री जोन्सनले प्रमाणहरुले खोपपछि अस्पताल भर्ना हुने र मर्ने मानिसमा कमी आएको देखाएको पनि बताउनुभयो । सरकारका वैज्ञानिक सल्लाहकारहरुले भने जुन २१ मा लकडाउन पूर्णरुपमा अन्त्य गरिएपछि भाइरसको अर्को लहर आउने सम्भावना औंल्याएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू