अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३१ | Colorodo: 10:46

बार्सिलोनाद्वारा रियाल भालाडोलिड पराजित

बिआरटीनेपाल २०७७ चैत २४ गते ९:३३ मा प्रकाशित

स्पेनिस लिग फुटबलमा बार्सिलोनाले रियाल भालाडोलिडलाई १–० ले हराएको छ । आफ्नै मैदानमा गएराति भएको खेलमा बार्सालाई विजयी गराउन खेलको अन्तिम मिनेटमा ओस्मान डेम्बेलेले निर्णायक गोल गरे ।

यसअघि ७९औं मिनेटमा भालाडोलिडका प्लानो रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि टोली १० जनामा समेटिएको थियो । यो जितसँगै बार्सिलोनाले स्पेनिस लिगको तालिकामा शिर्ष स्थानको एथ्लेटिको मड्रिडसँगको दूरी एक अंकमा सिमित गरेको छ । २९ खेलबाट एथ्लेटिको मड्रिडको ६६ अंक छ भने बार्सिलोनाको ६५ तथा रियाल मड्रिडको ६३ अंक भएको छ ।

प्रतिक्रिया