अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४९ | Colorodo: 03:04

न्युजिल्यान्डमा ‘नेपाल महोत्सव’ सम्पन्न, दश हजारको सहभागीता

बिआरटीनेपाल २०७७ चैत २३ गते ८:२३ मा प्रकाशित

न्युजिल्यान्डमा नेपाली भाषा, कला, संस्कृति र सम्पदालाई प्रवर्द्धन गर्न आयोजित ‘नेपाल फेस्टिभल’ महोत्सवमा न्युजिल्यान्डका विभिन्न शहरहरूबाट जम्मा भएका नेपालीहरू र स्थानीयहरूको उपस्थितिमा भव्य रूपमा सम्पन्न भएको छ । प्रायः हलमा हुने नेपाली कार्यक्रमहरू भन्दा खुल्ला स्थान (एओटा स्कायर)मा भएको नेपाल फेस्टिभलले नेपालीहरूको न्युजिल्यान्डमा रहेको उपस्थित तथा नेपालको चिनारी जोगाउन खेलेको सक्रिय भूमिका स्पष्ट रूपमा झल्काएको थियो ।

नेपाली झाँक्री र परेड गरी सुरूवात गरिएको कार्यक्रममा नेपाली खानाका परिकार, संगीत, गायन, नृत्य, झाँकी तथा प्रदर्शनीहरू प्रस्तुत गरिएको थियो । कार्यक्रममा न्युजिल्यान्ड सरकारका मन्त्रीहरू, सांसदहरू, स्वर्गीय एडमण्ड हिलारीकी पत्नी जुन हिलारी, विभिन्न प्रवासी समुदायका प्रतिनिधिहरू, नेपाली समुदायका प्रतिनिधिहरू तथा स्थानीय सञ्चारकर्मीहरू लगायत नेपाली र न्युजिल्यान्ड मूलका सहभागीहरूको बाक्लो सहभागीता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू