अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२० | Colorodo: 19:35

म्यानमारमा थप ४ जना प्रदर्शनकारीको ज्यान गयो

बिआरटीनेपाल २०७७ चैत २१ गते ८:०४ मा प्रकाशित

म्यानमारमा आज पनि सुरक्षाकर्मीको गोली लागेर चार जनाको ज्यान गएको छ । सैन्य कू विरुद्ध प्रदर्शनमा उत्रेका प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले गोली चलाउँदा चार जनाको ज्यान गएको समाचारसंस्था रोयटर्सले जनाएको छ । गएको माघ १९ गते सेनाले म्यानमारको सत्ता हातमा लिएपछि भएका प्रदर्शनहरुमा मारिनेको सङ्ख्या पाँच सय ५० नाघेको छ ।

दैनिक प्रदर्शनमा मारिने क्रम चलिरहे पनि प्रदर्शन रोकिएको छैन भने सुरक्षाकर्मीले बल प्रयोग गर्न पनि कम गरेको छैन । म्यानमारमा लोकतन्त्र पुनर्वाहलीको लागी संयुक्त राष्ट्रसंघ, अमेरिका, बेलायत, भारत लगायत विश्वका धेरै धेरैजसो देशहरुले आव्हान गरिरहेका छन् । तर म्यानमारको सेनाले भने अवस्था सामान्य बनाउने कुनै पहल नगरेको रोयटर्सले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू