अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४७ | Colorodo: 10:02

जति खर्च गर्न सक्नुहुन्छ त्यति मात्रै बजेट प्रस्ताव गर्नुहोस् – अर्थमन्त्री पौडेल

बिआरटीनेपाल २०७७ चैत १९ गते ८:१७ मा प्रकाशित

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आउँदो वर्षको बजेटका लागि कार्यान्वयन गर्न सक्ने कार्यक्रममात्र प्रस्ताव गर्न मन्त्रालयहरूलाई आग्रह गर्नुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको छलफलमा अर्थमन्त्री पौडेलले कार्यान्वयन गर्न सक्ने कार्यक्रम र बजेट प्रस्ताव गर्न अनुरोध गर्नुभएको हो ।

खर्च हुन नसक्ने भएकाले ’सरेन्डर’ गर्नुपर्ने अवस्था पनि रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले बहुवर्षीय योजनामा पनि जति खर्च गर्ने हो त्यहीअनुसार बजेट राख्न आग्रह गर्नुभएको हो । सिलिङभित्र रहेर बजेट निर्माण गर्नुपर्ने सीमा रहेको बताउँदै उहाँले बजेट कार्यान्वयन गर्न सक्ने संयन्त्रलाई पनि ध्यान दिन जरुरी रहेको बताउनुभयो ।

प्राथमिकताका आधारमा कार्यक्रमहरु प्रस्ताव गर्न आग्रह गर्दै अर्थमन्त्री पौडेलले अन्तर–मन्त्रालयबीच समन्वयको आवश्यकता रहेको औँल्याउनुभयो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कोरोना महामारीबाट पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित भएकाले त्यसलाई विशेष ध्यान दिन आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू