अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४२ | Colorodo: 19:57

हङकङको चुनावी प्रणाली नियन्त्रण गर्न चीनले ल्याएको कानुन पारित, राष्ट्रवादीले मात्रै चुनाव लड्न पाउने

बिआरटीनेपाल २०७७ चैत १७ गते ८:१४ मा प्रकाशित

चीनले हङकङको चुनावी प्रणालीलाई नियन्त्रण गर्न ल्याएको कानुन पारित गरेको छ । नयाँ कानुनमा हङकङमा राष्ट्रवादीहरू मात्रै चुनाव लड्न पाउने व्यवस्था छ । यसका लागि मुख्य भूमि चीनसँग आफ्नो बफादारिता पुष्टि गरेपछि मात्रै हङकङमा सांसदसहितका पदमा चुनाव लड्न पाइने व्यवस्था रहेको बीबीसीले जनाएको छ ।

गएको मार्चमा नेशनल पिपुल्स कंग्रेस (एनपीसी) को बैठकका क्रममा संसद्ले यसलाई पारित गरेको थियो । मङ्गलवार (आज) एनपीसी स्थायी कमिटीले पारित गरेको हो । नयाँ कानुनले संसदमा प्रत्यक्ष निर्वाचित सिटहरूको सङ्ख्या झण्डै आधा घटाएको छ । चीनले पारित गरेको नयाँ कानुनले हङकङमाथिको चिनियाँ नियन्त्रण थप बलियो बन्ने चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

नयाँ कानुनले प्रजातन्त्रको अन्त्य हुने भन्दै विपक्षीले आलोचना गरेका बीबीसीले जनाएको छ । चीनले यसअघि हङकङमा कडा सुरक्षा कानुन लागू गरिसकेको छ । यस कानुनलाई लिएर हङकङमा ठूलो मात्रामा प्रदर्शन भएको थियो । प्रदर्शनका क्रममा हजारौँ नागरिकलाई हिरासतमा लिइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू