अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१२ | Colorodo: 19:27

बेलारुसमा राष्ट्रपति विरुद्ध प्रदर्शन चर्कियो, एक सय भन्दा बढी पक्राउ

बिआरटीनेपाल २०७७ चैत १५ गते ८:०० मा प्रकाशित

बेलारुसमा राष्ट्रपति विरुद्ध भएको प्रदर्शनका क्रममा पाँच जना सञ्चारकर्मी सहित सय भन्दा बढी प्रदर्शनकारी पक्राउ परेका छन् ।गत अगष्टमा भएको राष्ट्रपतिय निर्वाचनमा धाँधली गरी अलेक्जेन्डर लुकाशेंको आफैले देशको छैठौं राष्ट्रपति घोषित गरेको भन्दै शुरु भएको प्रदर्शन हिजो चर्केको हो ।

बेलारुसको मिङस्मा भएको प्रदर्शनमा सहभागी हजारौ प्रदर्शनकारीहरुले राष्ट्रपति विरुद्ध चर्को नारा लगाउनुका साथै जताततै तोडफोड गरेपछी प्रहरीले धरपकड गरी सय भन्दा बढी प्रदर्शनकारीलाई पक्राउ गरेको हो ।

गत अगष्टदेखि भएको प्रदर्शनका बीच अमेरिकाले बेलारुसका उच्च तहका अधिकारीहरुलाई अमेरिका भ्रमणमा रोक समेत लगाईसकेको छ । राष्ट्रपति बिरुद्ध दोश्रो लहरको प्रदर्शन शुरु भएको भन्दै राष्ट्रपतिले पद त्याग नगरेसम्म प्रदर्शन जारी राख्ने प्रदर्शनकारीहरुको अडान छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू