अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२३ | Colorodo: 19:38

इजिप्टमा रेल दुर्घटना हुँदा ३२ जनाको ज्यान गयो, सयौँ घाइते

बिआरटीनेपाल २०७७ चैत १४ गते ७:३३ मा प्रकाशित

इजिप्टको सोहाग प्रान्तको टहटा शहर नजिकै भएको रेल दुर्घटनामा परि ३२ जनाको ज्यान गएको छ । यात्रु बोकेका दुई रेल एक आपसमा ठोक्किँदा ३२ जनाको ज्यान गएको र एक सय ६५ जना घाइते भएको बीबीसीले जनाएको छ । दुर्घटना भएको ठाउँ इजिप्टको राजधानी कायरोबाट तीन सय ६५ किलोमिटर दक्षिणमा पर्छ ।

रेलमार्गमा अज्ञात व्यक्ति आएपछि अचानक ब्रेक लाग्दा रेल दुर्घटना भएको रेल विभागका अधिकारीहरुले बताएका छन् । दुर्घटना क्षेत्रमा घाइतेहरुलाई अस्पतालसम्म पुर्याउनको लागि ७० भन्दा बढी एम्बुलेन्स पठाएको जनाइएको छ ।इजिप्टका राष्ट्रपति अब्दुल फता अल सिसिले यो दुर्घटनाको लागि जिम्मेवार व्यक्तिलाई कडा कारबाही हुने बताउनुभएको छ ।

इजिप्टको रेल वे प्रणाली कमजोर भएको र मर्मत नगरेका कारण बारम्बार यस्ता दुर्घटना भइरहेको बीबीसीले जनाएको छ । यो भन्दा पहिले सन् २००२ मा पनि इजिप्टमा रेल दुर्घटना हुँदा ३ सय ७३ जनाले ज्यान गुमाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू