अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२१ | Colorodo: 19:36

जापानको समुद्रामा उत्तर कोरियाद्वारा दुई क्षेप्यास्त्र प्रहार

बिआरटीनेपाल २०७७ चैत १२ गते ९:०६ मा प्रकाशित

उत्तर कोरियाले दुई वटा प्राक्षेपिक क्षेप्यास्त्र प्रहार गरेको छ । उत्तर कोरियाले बिहिबार क्षेप्यास्र प्रहार गरेको वरिष्ठ अमेरिकी अधिकारीहरुले जनाएका छन ।उक्त क्षेप्यास्त्र जापानको समुन्द्रमा प्रहार गरिएको समाचारमा उल्लेख छ ।

अमेरिकी सेना र गुप्तचर समुदायले कस्तो किसिमको क्षेप्यास्त्र प्रहार गरिएको थियो र कति टाढा पुग्यो भनेर परीक्षण प्रक्षेपणको तथ्यांक विश्लेषण गरि रहेका छन् । यो क्षेप्यास्त्रहरू छोटो, मध्यम वा लामो दूरीका थिए या अन्तर महादेशीय ब्यालिस्टिक मिसाइल के थिए भन्नेबारे अझै खुलेको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू