अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२१ | Colorodo: 19:36

फ्रान्समा फेरि १ महिने लकडाउन

बिआरटीनेपाल २०७७ चैत ६ गते ८:३९ मा प्रकाशित

फ्रान्समा कोरोना भाइरसको तेस्रो लहर शुरु भएको छ । राजधानी पेरिसमा पुनः एक महिना लकडाउनको घोषणा गरिएको हो ।परिसका साथै देशका अन्य १५ शहरमा पनि आज मध्यरातबाट लकडाउन लागू हुने जनाइएको छ । आजबाट शुरु हुने लकडाउन अगिल्ला लकडाउन भन्दा सहज हुने फ्रान्सका प्रधानमन्त्री जीन केसटेक्सले बताउनुभएको छ ।

नयाँ लकडाउनमा अत्यावश्यक बाहेकका सबै कामहरु बन्द रहने छन्। तर विद्यालय भने बन्द नगरिने भएको छ। सरकारको अनुमति बिना मानिसहरु एक ठाउँबाट अर्को ठाउमा जान पाउने छैनन्। फ्रान्समा गएको २४ घण्टामा ३५ हजार नयाँ संक्रमित फेला परेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू