अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:११ | Colorodo: 19:26

म्यानमारमा सैनिक सरकारद्धारा निजी पत्रपत्रिकाहरु बन्द

बिआरटीनेपाल २०७७ चैत ६ गते ८:३५ मा प्रकाशित

सैनिक सरकारले गत बुधबारदेखि निजी क्षेत्रका सबै पत्रपत्रिकाहरू बन्द गर्न निर्देशन दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । गत फ्रेबुअरी १ मा सेनाले सत्ता हत्याएपछि म्यानमारका मिडियामाथि विभिन्न कोणबाट हमला हुदै आएको थियो ।

यसअघि पनि सेनाले सैन्य शासनको विरोध गरेको भन्दै विभिन्न सञ्चारमाध्यमको प्रशारण अनुमतिपत्र खारेज गरेको थियो । निजी क्षेत्रका पत्रिकाहरु बन्द भएपछि त्यहाँका नागरिकका लागि सूचनाको स्रोत अनलाइनहरु भएका छन ।

तर सेनाले इन्टरनेटको पहुँचलाई समेत सीमित गरेपछि सर्वसाधारण सेना समर्थित अनलाइनमा मात्रै भर पर्नुपर्ने अवस्था आएको छ । सेनाले प्रजातन्त्र समर्थित आन्दोलनलाई बिफल बनाउन फेसबुक, ट्वीटर र युट्युव जस्ता सामाजिक सञ्जालमा पनि कडाइ गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू