अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५३ | Colorodo: 19:08

बेलायतमा कोरोनाका कारण थप २ जना नेपालीको मृत्यु

बिआरटीनेपाल २०७७ फागुन २३ गते ६:५५ मा प्रकाशित

कोरोना भाइरस (कोभिड–१९)का कारणले विदेशमा यो साता थप २ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार यो साता निधन भएका दुवै जना बेलायतमा बस्दै आएका नेपाली हुन् । शनिवार साँझसम्म ३४१ जना नेपालीको संक्रमणका कारण निधन भएको छ ।

हालसम्म २१ देशमा रहेका नेपालीको कोरोना संक्रमणले निधन भएको हो । हालसम्म विदेशका विभिन्न ५३ देशमा रहेका नेपालीहरु संक्रमित भएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार गत वर्ष देखि विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण हालसम्म सबै भन्दा बढी साउदी अरबमा ८८ जना, बेलायतमा ८६ जना र यूएईमा ५० जना नेपालीको ज्यान गएको छ ।

शनिबार साँझसम्म विभिन्न मुलुकका ६२ हजार ९८१ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ६० हजार ६ सय २८ जना कोरोना संक्रमण मुक्त भएका छन् । संक्रमणमुक्त हुने दर ९६ दशमलव ३ प्रतिशत छ । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो स्वीडेन, मलेसिया, युएई र पोर्चुगलमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू