अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४९ | Colorodo: 05:04

भारतमा भएको सडक दुर्घटनामा ४ जना नेपालीको मृत्यु

बिआरटीनेपाल २०७७ फागुन २१ गते ८:०८ मा प्रकाशित

भारतको ग्वालियर नजिक भिन्ड नेसनल हाइवेमा भएको सडक दुर्घटनामा ४ जना नेपालीको मृत्यु भएको छ । ११ जना नेपाली सवार भ्यान मुम्बईको उल्हासनगरबाट नेपाल गइरहेको बेला मध्यप्रदेशको भिन्ड जिल्लाको ज्ञानेन्द्रपुरामा सडक दुर्घटनामा परेको थियो ।

मुम्बईबाट नेपालतर्फ गइरहेको ओम्नी भ्यानलाई विपरीत दिशाबाट आएको ट्रकले ठक्कर दिँदा उक्त दुर्घटना भएको हो । दुर्घटनामा परेर भ्यानमा सवार अन्य सात जना पनि घाइते भएका छन् । घटनालगत्तै पुगेको प्रहरीले स्थानीयहरुको सहयोगमा गाडीमा चेपिएकाहरुलाई निकालेका थिए । मृत्यु हुनेमा तीन पुरुष र एक महिला रहेको स्थानीय प्रहरीले जनाएको छ ।

दुर्घटनामा भ्यान चालक तिलक जिसी, काला रावल, सुजा रावल र टोपे रावलको मृत्यु भएको छ । मृत्यु हुने काला, सुजा र टोपे एकै परिवार हुन् । कालाका अर्का छोरा प्रकाश पनि घाइते छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू