अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५४ | Colorodo: 00:09

बम राखिएको हल्लापछि ताज महल बन्द

बिआरटीनेपाल २०७७ फागुन २० गते ७:३९ मा प्रकाशित

भारतको आग्रामा रहेको प्रसिद्ध पर्यटकीय स्थल ताज महलमा बम राखिएको भन्ने हल्ला फैलिएपछि ताजमहल क्षेत्र बन्द गराइएकोे छ । भारतका स्थानीय सञ्चारमाध्यमले बिहीबार बिहानदेखि ताज महल बन्द गराइएको जनाएका हुन् ।त्यसपछि स्थानीय प्रशासनले ताजमहल घुम्न गएका विदेशी तथा स्वदेशी पर्यटकलाई पनि बाहिर निकालिएको थियो ।

बम राखिएको हल्ला फैलिदा कम्तीमा पनि एक हजार जना पर्यटक ताजमहल हेर्न गएको जनाइएको छ ।एक अज्ञात व्यक्तिले फोनबाट ताजमहलमा बम राखिएको बताएको सुरक्षा अधिकारीले बताएका छन् ।

पर्यटकलाई बाहिर निकालेर थालिएको खोजतलासबाट कुनै पनि विष्फोटक पदार्थ फेला नपरेको पनि अधिकारीहरुले बताएका छन् । मुगल सम्राट शाहजाँहले आफ्नी श्रीमती मुमताजको स्मृतिमा सन् १६५३ मा ताजमहल निर्माण गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू