अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३९ | Colorodo: 03:54

फ्रान्सका पूर्व राष्ट्रपति निकोलस सार्कोजीलाई ३ वर्ष जेल सजाय

बिआरटीनेपाल २०७७ फागुन १८ गते ७:४३ मा प्रकाशित

फ्रान्सको अदालतले पूर्व राष्ट्रपति निकोलस सार्कोजीलाई तीन वर्ष जेल सजाय तोकेको छ । सार्कोजीले आफूविरुद्ध लागेको एक आपराधिक आरोपबारे सूचना उपलब्ध गराउन सरकारी अधिकारीलाई राम्रो जागिरको अफर गरेको आरोपमा अदालतले जेल सजाय तोकेको समाचार संस्था सीएनएनले जनाएको छ ।

फ्रान्समा जेल सजाय हुने सार्कोजी फ्रान्सका पहिलो राष्ट्रपति हुन् । ६६ वर्षीय सार्कोजीले सजाय भएकामध्ये दुई वर्ष जेलमा र बाँकी एक वर्ष घरमै बस्न सक्ने जनाइएको छ । सार्कोजी सन् २००७ देखि १२ सम्म फ्रान्सको राष्ट्रपति रहनु भएको थियो ।

सार्कोजीका कानुन व्यवसायी र सरकारी अधिकारीबीच भएको टेलिफोन कुराकानी सन् २०१४ मा प्रहरीले टेपिङ गरेको थियो । सार्कोजीका कानुन व्यवसायी र उनले घुस अफर गरेका सरकारी अधिकारीलाई पनि तीन वर्ष जेल सजाय सुनाइएको छ ।

सार्कोजीलाई आफूले गरेको काम गलत थाहा हुँदाहुँदै पनि संलग्न भएको र कानुन व्यवसायीले न्यायालयको छवि बिगारेको न्यायाधीशले उल्लेख गरेका सीएनएनले जनाएको छ । सन् २०१२ को राष्ट्रपतीय निर्वाचनमा आर्थिक अनियमितता गरेको आरोपमा सार्कोजीविरुद्ध मार्च १७ देखि अर्को सुनुवाइ पनि हुँदै छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू