अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२५ | Colorodo: 12:40

श्रीलंकाका जेलमा २६ नेपाली महिला

बिआरटीनेपाल २०७७ फागुन १६ गते ७:३१ मा प्रकाशित

संगठित मानव तस्करको जालोमा परेर खाडी देश जान भन्दै हिँडेका २६ महिला श्रीलंकाका विभिन्न जेलमा परेपछि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले उद्धारको प्रक्रिया सुरु गरेको छ । मन्त्रालयले यसअघि नै संगठित मानव तस्करको फन्दामा परेर जेलमा परेका १० महिलालाई उद्धार गरी परिवारसँग भेट गराइसकेको छ ।

मन्त्रालयका प्रवक्ता टेकराज निरौलाले जेलमा रहेका २६ महिला कहिले छुट्छन् भन्नेबारे कोलोम्बोस्थित नेपाली दूतावासले निरन्तर समन्वय गरिरहेको जानकारी दिनुभयो । निरौलाका अनुसार जेलमा रहेकामाथि अध्यागमन नियम उलंघन लगायतका विषयमा अदालतमा मुद्दा चलिरहेको छ ।

प्रवक्ता निरौलाले मन्त्रालय अन्तर्गतको मानव बेचविखन नियन्त्रण राष्ट्रिय समिति मातहतको पुर्नस्थापना कोषले जेलमा रहेका नेपाली महिलालाई छुट्ने बित्तिकै नेपाल फिर्ता ल्याउन आवश्यक खर्च बेहोर्ने निर्णय गरिसकिएको पनि जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू