अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३६ | Colorodo: 23:51

सैन्य सरकारको विरोधपछि राष्ट्रसंघका लागि म्यानमारका राजदूत हटाइए

बिआरटीनेपाल २०७७ फागुन १६ गते ७:२१ मा प्रकाशित

म्यानमारको सेनाले संयुक्त राष्ट्रसंघका लागि म्यानमारका राजदूत क्याव मो टुनलाई हटाएको छ । आफ्नो मुलुकको सेनालाई सत्ताबाट हटाउन विश्व समुदायसंग सहयोगको आग्रह गरेपछि उनी बर्खास्तगीमा परेका हुन् । राजदुत क्याव मोले निर्वाचित सरकारलाई सत्ता फिर्ता नगरेसम्म सैन्य शासकसंग कसैले पनि सहकार्य नगर्न आग्रह गरेका थिए । राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै उनले प्रदर्शनकारीमाथिको दमन अन्त्य गर्न, निर्दोष जनतामाथिको अत्याचार रोक्न र प्रजातन्त्र पूनर्वहाली गर्न अन्तराष्ट्रिय समुदायको सहकार्य जरुरी रहेको बताएका थिए ।

राजदूत क्याव मोको सम्बोधनले सम्मेलनमा प्रशंसा पाएको थियो भने म्यानमारका लागि अमेरिकी राजदुत लिन्डा थोमस ग्रीनफिल्डले क्याव मोको सम्बोधनलाई साहसको संज्ञा दिएका थिए । यता फेब्रअरी १ मा सत्ता हत्याएको म्यानमारको सेनाले प्रदर्शनकारीमाथि दमन जारी राखेको छ । हिजो मात्र हनोईमा भएको प्रदर्शनमा सुरक्षाकर्मीको गोली लागि एक जना महिला घाईते भएकी छन् । सेनाको चेतावनीका बाबजुद हजारौं जनता प्रदर्शनमा उत्रिएर निर्वाचित सरकारको पूनर्वहाली र पक्राउ परेकी नेतृ आङ साङ सूचीलगायतका नेताहरुको रिहाइको माग गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू