अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४० | Colorodo: 19:55

म्यानमारको सेनाले सरकार विरोधी प्रदर्शनकारीमाथि गोलि चलायो

बिआरटीनेपाल २०७७ फागुन १६ गते ७:०२ मा प्रकाशित

म्यानमारको सेनाले सरकार विरोधी प्रदर्शनकारीमाथि गोलि चलाएको छ । सेनाले केही दिनदेखि प्रदर्शनकारीमाथि व्यापक दमन गरिरहेको र केही प्रदर्शनकारीको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । प्रदर्शनकारीको मृत्युको विषयमा सरकारी अधिकारीले पुष्टि गरिनसकेको बीबीसीले उल्लेख गरेको छ ।

नेता आङ सान सुचीलाई नजरबन्दबाट मुक्त गर्न र सेनाले लिएको सत्ता फिर्ता गर्न माग गर्दै म्यान्मारको याङ्गुन, माण्डले लगायतका सबैजसो शहरमा दिनहुँ प्रदर्शन भइरहेका छन् । फेब्रुअरी १ मा सत्ता हत्याएपछि सेना र प्रहरीले प्रदर्शनकारीमाथि रबरका गोली, अश्रुग्याँस र पानीका फोहोरा हान्ने गरेका छन् । सेनाको उक्त कदमको संयुक्तराज्य अमेरिका, युरोपेली युनियन लगायत थुप्रै देशले विरोध गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू