अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०३ | Colorodo: 19:18

आफूहरुसँग भएको सहमति पूर्णरुपमा पालना नभएको तालिवानी लडाकूहरुको आरोप

बिआरटीनेपाल २०७७ फागुन १३ गते ७:३२ मा प्रकाशित

तालिवानी लडाकूहरुले अफगानिस्तान सरकार र पश्चिमा राष्ट्रहरुले गत वर्ष गरेको सम्झौताको पालना नगरेको आरोप लगाएको छ ।तालिवानको राजनीतिक कार्यालयका एक अधिकारीले अन्तर अफगान वार्ता सुरु भएको तीन महिनाभित्र तालिवानी कैदीहरुलाई रिहा गर्नुपर्ने सहमति पालना नभएको जनाएका हुन् ।

तर अफगान सरकारले शान्ति वार्ता सुरु गरेको तीन महिना बितिसक्दा पनि आफ्ना कैदीबन्दी रिहा नगरेको भन्दै तालिवानीले आपत्ति जनाएको हो ।पूर्व निर्धारित समयभन्दा केही ढिलो वार्ता सुरु भएको र सोही समयमा अमेरिकी नेतृत्व परिवर्तन भएपनि अफगानिस्तानका सशस्त्र समूहले सरकारसँग वार्ता सुरु गरेका थिए ।

तर सरकारी पक्षले वार्ताअघि भएको सहमति पालनामा इमान्दारिता नदेखाएको भन्दै तालिवानीले वार्ताप्रति नै आशंका व्यक्त गरेको हो ।तालिवानी लडाकूहरुले अफगानिस्तानमा रहेका बाँकी अमेरिकी सेना फिर्ता पठाउन भएको ढिलाइप्रति पनि चिन्ता व्यक्त गरेको अलजजिराले जनाएको छ ।

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो वाइडेनले अफगानिस्तानसँग भएको सम्झौताको समीक्षा गर्ने बताइएपनि पूर्वसर्तहरु पालना नभएकाले आशंका पैदा भएको तालिवानी लडाकूका उच्च अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू