अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५३ | Colorodo: 16:08

बोइङ ट्रिपल सेभेन विमान ग्राउन्डेड

बिआरटीनेपाल २०७७ फागुन १० गते ७:१९ मा प्रकाशित

युनाइटेड एअरलाइन्सले आफनो कम्पनीकोे बोइङ ट्रिपल सेभेन विमानलाई ग्राउन्डेड गरेको छ ।सोही सिरिजको एउटा विमान हिजो उडिरहेको अवस्थामा इन्जीनमा आगलागी भई ठुलो दुर्घटनाबाट जोगिएको थियो ।

यही घटनापछि सुरक्षा सतर्कता र सावधानी अपनाउँदै कम्पनीले बिमान ग्राउन्डेड गरेको हो ।अमेरिकाको डेनभरबाट होनोलुलुका लागि २ सय ३१ यात्रु लिएर १० जना चालकदलका सदस्यसहित उडेको बिमानको इन्जिनको केही भाग जमिनमा झरेपनि विमान सकुशल रुपले डेनभर विमानस्थलमा फर्किएर अवतरण गरेको थियो ।

घटना लगत्तै जापानले युनाइटेड एअरलाइन्सको यो विमानमा प्रयोग भएको इन्जीन जडान गरिएका सबै खाले विमानलाई आफ्नो हवाई क्षेत्रभित्र प्रवेश नदिने जनाएको छ ।

युनाईटेड एयरलाईन्सको समस्याग्रस्त यो बोईङले ‘प्राट एण्ड ह्वीट्नी–४०००’ सिरिजको इन्जिन प्रयोग गर्दथ्यो । बिश्वमा हाल यस्ता ६९ वटा बोइङ ट्रिपल सेभेन विमानले सेवा दिईरहेको बोईङ कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू