अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१५ | Colorodo: 00:30

परमाणु संयन्त्रहरुको निरीक्षणका लागि इरानको राष्ट्रसंघलाई अनुमत्ति

बिआरटीनेपाल २०७७ फागुन १० गते ७:०६ मा प्रकाशित

इरानले आफ्नो देशमा तयार पारिने परमाणु र परमाणु संयन्त्रहरुको निरीक्षणका लागि संयुक्त राष्ट्रसंघीय परमाणु हतियार निगरानी एजेन्सी आईएईएलाई अनुमति दिएको छ ।इरानले आईएईएलाई आफ्नो परमाणु संयन्त्र निरीक्षण गर्न ३ महिनाका लागि अनुमति दिएको हो । विवादास्पद परमाणु संयन्त्रका विषयमा विश्वभर चर्चा चलिरहेकै बेला इरानले यो निर्णय लिएको हो ।

यसअघि इरानले परमाणु सम्झौता तोडेको भन्दै अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१५ देखि इरानमाथि लगाएको प्रतिबन्ध हालसम्म कायम रहेको अवस्थामा इरानले यो निर्णय लिएको हो ।इरानले अमेरिकामाथि सन् २०१५ मा भएको परमाणु सम्झौताको पालना नगरेको आरोप लगाउँदै आएको छ ।

इरानले दशकौंदेखि आफनो परमाणु कार्यक्रम शान्तिपूर्ण उद्देश्यका साथ गरिएको दाबी गर्दै आएको छ । यद्दपी अमेरिका र अन्य केही राष्ट्रहरुले भने इरानले गुपचुप रुपमा परमाणु संयन्त्र बिस्तार गरिरहेको आरोप लगाउँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू