अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३५
| Colorodo: 05:50
अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले कोरोना विरुद्धको खोप लगाउनुभएको छ । अस्ट्रेलियामा भोली देखि खोप अभियान सुरु हुँदैछ । अस्ट्रेलियामा आगामी हप्ता सम्ममा करिब ६० हजार डोज खोप लगाउने लक्ष्य राखिएको छ । खोप अभियान सुरु गर्नै लाग्दा हिजो केही मानिसहरुले त्यसको विरोध समेत गरेका थिए ।
प्रधानमन्त्री मोरिसनले आज एउटा सानो समूहको साथमा खोप लगाउनुभएको हो । त्यसक्रम अग्रपंतिमा रहेका काम गर्ने कर्मचारी तथा केयर होममा कार्यरत व्यक्तिहरु सामेल भएको बीबीसीले उल्लेख गरेको छ । अस्ट्रेलियामा खोप अभियानका लागि फाइजर कम्पनीले उत्पादन गरेको खोप प्रयोग गरिँदैछ । फाइजरको खोप अनुमति प्राप्त भइसकेको छ ।