अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१५ | Colorodo: 19:30

अमेरिका पूर्ववत् अवस्थामा फर्किएको विदेशमन्त्रीको दावी, कोभ्याक्सलाई ४ अर्ब डलर सहयोग

बिआरटीनेपाल २०७७ फागुन ८ गते ८:२२ मा प्रकाशित

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले अमेरिका पूर्ववत् स्थितिमा फर्किएको बताउनुभएको छ ।कार्यभर सम्हालेपछि पहिलो पटक विदेशी सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिँदै उहाँले महामारी, जलवायु परिवर्तन र इरानको परमाणु महत्वाकांक्षा जस्ता मुद्दा सुल्झाउन अमेरिका पूर्ण रूपमा संलग्न रहेको बताउनुभयो ।

विश्वका धनी औद्योगिक राष्ट्रहरूको समूह G7 का नेताहरूको भर्चुअल सत्रका लागि जुटिरहेका बेला ब्लिङ्कनले यस्तो धारणा राख्नुभएको हो । यसलाई विगतमा ट्रम्पको अमेरिका पहिलो नीतिमा बाइडन प्रशासनको व्यापक हेरफेर हुने सङ्केतका रूपमा हेरिएको छ । ब्लिङ्कनले कोरोनाविरूद्धको विश्वव्यापी खोप कार्यक्रममा जोड दिनुभयो ।

एक वर्षभित्र विश्वका १ सय ९० देशका मानिसहरूलाई दुई अर्ब मात्रा खोप दिने उद्देश्य राखेको कोभ्याक्स खोप कार्यक्रमका लागि अमेरिकाले ४ अर्ब डलर सहयोग गर्दैछ । अहिलेसम्म अमेरिकामा २ करोड ७० लाखभन्दा धेरैले खोप लगाएका छन् तर कैयौं गरिब मुलुकहरूमा भने खोप कार्यक्रम सुरु हुन नसकेको भन्दै अमेरिकाले सहयोगको घोषणा गरेको हो ।

अमेरिकी विदेशमन्त्री ब्लिङ्कनले अमेरिका र युरोपेली साझेदारहरू फेरि उही अवस्थामा रहेको बताउनुभयो । उहाँले अफगानिस्तानमा अमेरिकी सेना राखिराख्ने विषयमा अमेरिकाले अहिले आफ्नो नीति समीक्षा गरिरहेको बताउनुभयो । म्यानमारको सैन्य ‘कू’लाई उहाँले एउटा ऐतिहासिक प्रजातान्त्रिक संक्रमणमा दुःखलाग्दो पश्चगमन भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू