अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१२ | Colorodo: 19:27

म्यानमारको शान्तिपूर्ण प्रदर्शनमा ज्यादती भए गम्भीर परिणाम भोग्नुपर्ने राष्ट्रसंघको चेतावनी

बिआरटीनेपाल २०७७ फागुन ४ गते ७:२५ मा प्रकाशित

संयुक्त राष्ट्रसंघले जनताको शान्तिपूर्ण प्रदर्शन तथा विरोधको अधिकारलाई सम्मान गर्न म्यानमारको सैनिक नेतृत्वसँग आग्रह गरेको छ । म्यानमारको सेनाका अधिकारीसँगको टेलिफोन वार्तामा संयुक्त राष्ट्रसंघका विशेष दूत क्रिष्टिन श्रेयनर बग्नरले प्रदर्शनकारीमाथि हुने कुनै पनि प्रकारको ज्यादतीको गम्भीर परिणाम भोग्नु पर्ने चेतावनी दिनुभएको हो । विशेष दूत क्रिष्टिनले सत्ता हातमा लिएको म्यानमार सेनाका डेपूटी हेड सोए विनसँग टेलिफोन वार्ता गरी सचेत गराएको संयुक्त राष्ट्रसंघका प्रवक्ताले जनाएका छन् ।

सत्ता हत्याएसँगै पटक–पटक इन्टरनेट सेवामा अवरोध पुर्याउदैै सैनिक सरकारले मंगलबारदेखि सेवा सुचारु गरेको छ । म्यानमारको सेनाले फेब्रुअरी १ मा निर्वाचित सत्ता अपदस्थ गरी शक्ति आफ्नो हातमा लिएको थियो । त्यसपछि सैन्य ‘कू’ को विरोधमा सर्वसाधारण, पेशाकर्मी तथा भिक्षुसहितले प्रदर्शन गर्दै आएका छन् ।

मंगलबार पनि शहरका विभिन्न भागमा स–सानो समूहमा जम्मा भएका प्रदर्शनकारीले विरोध जारी राखेका छन् । उनीहरूले सरकारी कर्मचारीलाई नागरिक अवज्ञा आन्दोलनमा सामेल हुन प्रोत्साहन गरिरहेका छन् । मुख्य शहरहरूमा हतियार सुसज्तित सेनाका बख्तरबन्द गाडीहरूको तैनाथी देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू