अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२९ | Colorodo: 19:44

चीनमा बीबीसी टेलिभिजन प्रसारणमा रोक

बिआरटीनेपाल २०७७ माघ ३० गते ७:१४ मा प्रकाशित

चीनले बीबीसी वल्र्ड सर्विस टेलिभिजनको चीनभित्र प्रसारणमाथि रोक लगाएको छ ।बिबिसीले अनुचित र असत्य पत्रकारिता गरिरहेको आरोप लगाउँदै टेलिभिजन प्रसारणमा रोक लगाइएको चीनले दाबी गरेको छ ।हालैका महिनामा चीनले बिबिसीको कोरोना महामारी र शिनजियांगमा मुसलमानमाथि भएको शोषणमाथि प्रसारण गरिएका रिपोर्टमा आपत्ति जनाएको थियो ।

ब्रिटेनको विदेश मन्त्रालयले भने एक वक्तव्य जारी गर्दै चीनमा इन्टरनेट र मिडियामाथि सबैभन्दा धेरै प्रतिबन्ध लागु भएको उल्लेख गरेको छ । चीनको यो कार्यले विश्वमा उसकै साख गिराउने वक्तव्यमा भनिएको छ ।अघिल्लो साता ब्रिटेनको मिडिया नियामक निकायले चीनको सरकारी नियन्त्रणमा रहेको च्यानलको प्रसारण लाइसेन्स निलम्बित गरेको थियो ।

बीबीसीका एशिया एडिटरले चीनमा बीबीसी वल्र्ड सर्विस टिभिको प्रसारण रोकिनुले धेरै असर नपर्ने बताएका छन् । चीनमा यसअघि पनि यो च्यानल अधिकतम मानिसहरुका लागि उपलब्ध नरहेको उनको दाबी छ । बीबीसीले चीनले टेलिभिजन प्रसारणमा रोक लगाइएको घटनाप्रति खेद व्यक्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू