अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४१ | Colorodo: 15:56

खानीमा फसेका ११ जनाकाे १४ दिनपछि चीनले उद्धार गर्‍याे

बिआरटीनेपाल २०७७ माघ ११ गते ८:२१ मा प्रकाशित

चीनको सुन खानीमा फसेका एघार जनालाई दुई हप्तापछि उद्धार गरिएको त्यहाँको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।खानीमा फसेकामध्ये पहिलो व्यक्तिलाई माथि ल्याइँदा त्यहाँ खटिएका कामदारहरु खुसी भएको टीभीको फुटेमा देख्न सकिन्छ । ती व्यक्तिको आँखाको ज्योति नगुमोस् भनेर पट्टी बाँधिएको थियो ।

उद्धार गरिएकाहरू उद्धारकर्मीसँग सम्पर्क स्थापित गरेर सानो सुरुङमार्फत औषधि र खाना प्राप्त गरिरहेका समूहमा पर्थे ।गएको १० जनवरीमा सान्दोङ प्रान्तमा रहेको हुशन सुन खानीमा भएको विस्फोटपछि खानीको प्रवेशद्वार बन्द हुँदा उनीहरु जमिनभन्दा ६०० मिटर तल फसेका थिए ।

विस्फोटमा २२ जना कामदार खानीमा फसेका थिए, विस्फोटको कारणबारे भने थाहा भइसकेको छैन । विस्फोटमा कम्तीमा एक जनाको ज्यान गएको र बाँकी १० जना जीवित छन् कि छैनन् भन्नेबारेमा पनि स्पष्ट भइसकेको छैन ।

विस्फोटपछि बन्द भएको खानीको प्रवेशद्वारका बारेमा अहिलेसम्म केही थाहा पाउन सकिएको छैन ।  खानीबाट माथि ल्याइएकाहरू ‘निकै कमजोर’ रहेको र उपचारका लागि अस्पताल पठाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू