अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५३ | Colorodo: 21:08

अफगानिस्तान : सर्वाेच्च अदालतका दुई महिला न्यायाधीशकाे गाेली हानी हत्या

बिआरटीनेपाल २०७७ माघ ४ गते ५:२७ मा प्रकाशित

अफगानिस्तानको राजधानी काबुलमा सर्वाेच्च अदालतका दुई महिला न्यायाधीशको गोली हानी हत्या गरिएको अधिकारीहरुले बताएका छन् ।ती दुई महिला न्यायाधीश कार्यालय जाने क्रममा यात्रा गरिरहेका बेला बन्दुकधारीले आक्रमण गरेको अदालतका प्रवक्ताले समाचार संस्था एएफपीसँग भने ।

सञ्चारकर्मी, अधिकारवादी, राजनीतिक व्यक्तित्वलगायतलाई लक्षित गरि पछिल्लो केही महिनायता भइरहेको आक्रमणको यो पछिल्लो घटना हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानबाट आफ्ना सेनाको सङ्ख्या घटाइरहेका बेला यस्ता आक्रमण भइरहेका छन् । अफगानिस्तानमा अहिले अमेरिकी सेनाको सङ्ख्या २५ रहेको बताइएको छ ।

अफगानिस्तानका उपराष्ट्रपति अम्रुल्लाह सलेहले बीबीसीसँग भने, ‘पहिलेदेखि अस्थिर यस देशमा अमेरिकी सेना हट्दा हिंसा अझ बढ्ने आशङ्का छ ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू