अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०९ | Colorodo: 11:24

सन् २०२१ झन् कष्टकर हुने डब्ल्युएचओको चेतावनी

बिआरटीनेपाल २०७७ माघ ४ गते ५:२२ मा प्रकाशित

विश्व स्वास्थ्य सङ्गठन डब्ल्युएचओले नयाँ प्रजातिको कोरोना भाइरसको संक्रमणले सन् २०२१ झन् कष्टकर हुने चेतावनी दिएको छ ।कोरोनाभाइरसको नयाँ प्रकार पहिलोभन्दा धेरै संक्रामक रहेको र छिटो फैलिरहेकाले यसले विश्वमा सन् २०२० भन्दा कठिन अवस्था ल्याउन सक्ने डब्ल्युएचओले चेतावनी दिएको हो । पहिलोपटक बेलायतमा देखिएको नयाँ प्रकारको कोरोना भाइरस ५० वटा देश र क्षेत्रहरूमा फैलिसकेको छ ।

नयाँ प्रकारको संक्रमण देखिएपछि बेलायतमा संक्रमण र मृतक संख्या पनि बढ्दै गएको छ । दक्षिण अफ्रिकामा देखा परेको भाइरसको नयाँ ‘स्ट्रेन’ अर्थात् प्रकार अन्य २० मुलुकहरूमा फैलिसकेको बीबीसीले उल्लेख गरेको छ ।

सुरुमा ब्रिटेनमा देखिएको जस्तै अफ्रिकामा पनि अघिल्लो प्रकारको भाइरसभन्दा छिटो विस्तार हुन सक्ने वैज्ञानिकहरूले बताइरहेका छन् । जापानमा पनि चार जनामा नयाँ प्रकारकै भाइरसको संक्रमण भएको जनाइएको छ । विज्ञहरूका अनुसार नयाँ प्रकारको भाइरसले अरू प्रकारका कोरोना भाइरसलाई तीव्र गतिमा विस्थापित गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू