अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३९ | Colorodo: 09:54

अल्जेरियामा कार बम बिस्फोट, पाँच सर्वसाधारणको मृत्यु

बिआरटीनेपाल २०७७ माघ २ गते ८:२२ मा प्रकाशित

अल्जेरियामा कार बम बिस्फोट हुँदा पाँच जना सर्वसाधारण मारिएका छन् । पूर्वी अल्जेरियाको तेब्बास क्षेत्रमा सर्वसाधारणलाई लक्षित गरी कार बम बिस्फोट हुँदा अन्य तीन जना घाइते भएको रक्षा मन्त्रालयले जनाएको छ ।

अघिल्लो हप्ता सैनिक कारवाहीमा हतियारधारी समूहका केही व्यक्तिको मृृत्यु भएलगत्तै सो आक्रमण भएपनि घटनाको कसैले पनि जिम्मा नलिएको सरकारी अधिकारीहरुले जनाएका छन् । सन् १९९० को दशकदेखि अल्जेरियामा विभिन्न सशस्त्र समूहले हिंसात्मक गतिविधि सञ्चालन गर्दै आएका छन् । सने २००० मा सेनाको कारवाहीमा हजारौं सर्वसाधारणको मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू