अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४९ | Colorodo: 04:04

इन्डोनेसियाको सुलाबेशीमा ६.२ म्याग्निच्युडको भूकम्प – कम्तीमा ३५ जनाको मृत्यु

बिआरटीनेपाल २०७७ माघ २ गते ८:१४ मा प्रकाशित

इन्डोनेसियाको सुलावेसी टापुमा गएको शक्तिशाली भूकम्पबाट मजिना सहरमा कम्तीमा ३५ जनाको मृत्यु भएको छ । भुकम्पमा परी सयौं घाइते भएका छन् भने कैयौं भग्नावशेषमा च्यापिएका छन् । इन्डोनेसियाली अधिकारीले भूकम्प अझै आउनसक्ने र सुनामी पनि आउनसक्ने चेतावनी दिएका छन् ।

इन्डोनेसियाको पूर्वी टापु सुलावेसीमा ६ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको हो । शक्तिशाली भूकम्पपछि पनि दर्जनौं परकम्प गएका अमेरिकी समाचार एजेन्सी रोयटर्सले जनाएको छ । सुलावेसीस्थित सहर मजिनाबाट करिब ६ किलोमिटर उत्तरपूर्वमा भूकम्पको केन्द्रविन्दु रहेको छ । केन्द्रविन्दु जमिनको सतहबाट १० किलोमिटर मात्र मुनि रहेको छ ।

स्थानीय समयअनुसार राति करिब डेढ बजे भूकम्प गएपछि हजारौं स्थानीय घरबाट भागेर अग्ला ठाउँतिर गएका थिए । भूकम्प र परकम्पबाट ३ सयभन्दा बढी घर भत्किएका छन् । एउटा अस्पताल धुलोपीठो भएको छ भने प्रान्तीय गभर्नरको कार्यालयको भग्नावशेषमा अनेकौं मानिस च्यापिएका सरकारी अधिकारीले जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू