अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१८ | Colorodo: 04:33

कोरोनाको अनुसन्धान गर्न डब्लुएचओको टोली वुहान पुग्यो

बिआरटीनेपाल २०७७ माघ १ गते ७:१२ मा प्रकाशित

चीनको वुहान शहरमा कोरोना महामारीको अनुसन्धान गर्न विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को टोली पुगेको छ ।बेइजिङ र डब्ल्यूएचओबीच महिनौ लामो वार्तापछि दश जना वैज्ञानिको टोली पहिलो पटक कोराना महामारीको उद्गम थलो वुहान पुगेको हो ।

उनीहरुले त्यहांका अनुसन्धान संस्थाका व्यक्ति, अस्पताल र भाइरस पहिलो पटक देखिएको सीफुड बजारसंग सम्बन्धितहरुसंग प्रश्नोत्तर गर्नेछ ।यसअघि उनीहरुले १४ दिन क्वारेन्टिनमा बस्नु पर्नेछ ।वुहानमा अहिले जनजीवन सामान्य बनिसकेको छ ।

सन् २०२० को डिसेम्बर अन्तिममा वुहानमा कोरोना भाइरस पत्ता लागेको थियो ।कोरोना महामारीका कारण पुरै विश्व आक्रान्त बनेको छ । लाखौं मानिसको मृत्यु भएको छ भने करोडौं संक्रमित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू