अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४३ | Colorodo: 23:58

भारतमा अज्ञात रोगका कारण १ सय ४० अस्पताल भर्ना, बिरामीको बारेमा अनुसन्धान सुरु

बिआरटीनेपाल २०७७ मंसिर २२ गते ६:२४ मा प्रकाशित

भारतको आन्ध« प्रदेशमा अज्ञात रोगका कारण भएका बिरामीको बारेमा अनुसन्धान थालिएको छ । भारतीय अधिकारीहरुका अनुसार अज्ञात रोगका कारण यसै हप्ता मात्र करिब १४० जना अस्पताल भर्ना भएका थिए ।

आन्ध« प्रदेशको इलुरुकामा वान्ता हुने र बेहोस हुने समस्या देखिएका बिरामीहरुको अस्पतालमा चाप रहेको छ ।अधिकारीहरुले आपतकालीन अवस्थाका लागि सरकारी अस्पतालमा बेडहरु तयारी अवस्थामा राखिएको बताइएको छ ।

कोरोनाको माहामारी जारी रहेका बेला नयाँ बिरामी देखा पर्दा व्यवस्थापन गर्न समस्या भएको बताइएको छ । बिरामीहरुको विभिन्न परीक्षण भएपनि रोगको पहिचान नभएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू